• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

    523
    SHARES



    काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्रउ परेका छन् । इरानी नागरिक ४० वर्षीय याजदायार माझिदियाही र उनकै श्रीमती ३५ वर्षीया पेगाह ताहेरीलाई प्रहरीले पक्रउ गरेकाे हाे ।

    श्रीलंकन एयरको उडानद्वारा काठमाडौँबाट श्रीलङ्काको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ गर्ने क्रममा पक्रउ परेका हुन् ।

    ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारतीय रुपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी भेटिएपछि उनिहरू पक्रउ परेका हुन् ।

    उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर लगिएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ