• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु

    1.8K
    SHARES



    गुल्मी । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

    जिल्लाको मालिका गाउँपालिका पुरिएर गुल्मीमा पहिरोले घर पुरिँदा एकै वडा नम्बर ६ ठाटीपोखरीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको हो।

    शुक्रबार रातिदेखि परेको अविरल वर्षाले मालिका गाउँपालिका-६ ठाटीपोखरीका भेषबहादुर विकको घर पुरिँदा पाँच जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले पुष्टि गरे।

    पहिरोमा ५५ वर्षीय घरमुली भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ