• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रधानमन्त्रीको निर्देशनमा नै प्रस्तावित प्रधान न्यायाधीश जोशीको अनुमोदन रोकिएको खुलासा

    12.7K
    SHARES

    काठमाडौं ।

    प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीको सुनुवाई रोक्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्श गरेको खुलेको छ।

    प्रधानमन्त्री ओलीले सुनुवाई समितिका जेष्ठ सदस्य समेत एवम् सभापति लक्ष्मणलाल कर्ण, समिति सदस्य सांसद योगेश भट्टराई, स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रतिनिधि, सुमनराज प्याकुरेलसँग छलफल गरेपछि सनुवाइ समितिको बैठक रोकिएको हो।

    बिहिबार जोशीको सिंहदरबारमा चार घण्टा सुनुवाइ भएको थियो। उनको अनुमोदन गर्ने नगर्ने निर्णयका लागि शुक्रबार ३ बजेका लागि बैठक राखिएको थियो। तर बैठक आइतबार ८ बजेका लागि सरेको छ।

    उपेन्द्र यादवका प्रतिनिधिका रुपमा सुनुवाइ समिति सदस्यले जोशीको प्रमाणपत्रबारे नयाँ तथ्य फेला परेको र विवादमा परेकाले आजको बैठक सार्नु उचित हुने मत प्रधानमन्त्रीसँगको छलफलमा राखेका थिए। प्रधानमन्त्री लगायत अरु सदस्यहरुले प्रमाणपत्रबारे थप बुझ्नु उचित हुने बताएका थिए। सहमतिपछि प्रधानमन्त्रीको निर्देशनमा बैठक आइतबार ८ बजेका लागि सारिएको हो।

    जोशीको प्रमाणपत्रबारे सांसदहरुले शुक्रबार बिहान नयाँ तथ्य फेला परेको सेतोपाटीलाई बताए। सनुवाई समितिका सदस्यहरुका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नंम्बर (३६६७) अर्कै व्यक्तिको नाममा भेटिएको हो।

    स्रोतका अनुसार उक्त सिम्बोल नंम्बर परिक्षा बोर्डमा हेमराज लेकालीको नाममा छ। लेकालीको नाममा प्रमाणपत्र भेटिएको विषय प्रधानमन्त्रीलाई समेत जानकारी रहेको स्रोतले बतायो।‘ नयाँ रेकर्ड फेला परेसँगै बुझ्नकै लागि समिति बैठक सारिएको ती सदस्यले बताए।

    समितिका अर्का सदस्यले भने फेला परेको डकुमेन्ट फोटोकपी भएकाले विश्वास गर्ने कि नगर्ने भन्ने दुविधा उत्पन्न भएको बताए। प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि जोशीको विषयमा डकुमेन्टहरु प्रधानमन्त्रीलाई प्राप्त भएको बताए। ‘सुनुवाइ समितिका सदस्यहरुसँग पनि प्रमाणपत्रहरुको फोटोकपी आइपुगेको छ’, स्रोतले भन्यो।

    कान्तिपुर दैनिकमा यसअघि श्रावण ८ गते दुइतिरको परिक्षामा एउटै सिम्बोल नंम्बर फेला परेको समाचार प्रकाशित गरेको थियो।

    ‘जोशी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ। त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन्। पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ। नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ’, कान्तिपुरले समाचारमा उल्लेख गरेको छ।

    स्रोतका अनुसार आइतबार बिहानको सनुवाइ समितिको बैठक समेत सर्ने सम्भावना छ। (सेतोपाटीबाट साभार गरिएको)

    २०७५ साउन १२ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ