• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दुइ पत्रकार संगठनबीच एकता, राष्ट्रिय भेला साउन ५ गते

    1.5K
    SHARES



    काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकतापछि ति पार्टी निकट जनवर्गीय संगठनहरुको एकता हुने क्रम जारी छ।  यसै सन्दर्भमा पार्टी निकट दुई पत्रकार सङ्गठनहरुका बिचमा पनि एकता भएको छ। एकता पश्चात बनेको पत्रकार संगठनको केन्द्रीय कार्यालय स्तरिय संयुक्त बैठक २०८१ असार १ गते काठमाडौंमा सम्पन्न भएको छ ।

    बैठकले दुबै पत्रकार सङ्गठनका बिचमा एकता गर्न नारायण शर्मा संयोजक, कमल बुढा र नारायण पङ्गेनी सह संयोजक रहेको ८१ जना सदस्यहरु र ११ सल्लाहकार सदस्यहरु सहितको कुल ९२ सदस्यीय एकता राष्ट्रिय भेला आयोजक समिती गठन गरेको छ ।

    एकता राष्ट्रिय भेला आयोजक समितीका पुर्ण सदस्यहरु – दिलिप थापा, मधुकर थापा, निरु पोख्रेल, सुवोध पोखरेल, रमेश ठाकुर, अनु निरौला, कुमार भट्टराइ, केशव सञ्ज्याल, जितेन्द्र महर्जन, जीवन हमाल, प्रदीप श्रेष्ठ, दिया चन्द, विपना ओली, विष्णु आले, सागर श्रेष्ठ, सुरज प्याकुरेल, ज्ञानेन्द्र तण्डुकार, आशिष चौधरी, गोविन्द काफले, नकुल चौलागाई, प्रेम कँडेल रहेका छन्।

    यस्तै प्रह्लाद गौतम, बीरबहादुर बुढाथोकी, सविता मुराती, शोभा सेन्चुरी, हिरामणी चापागाई, होमनाथ न्यौपाने, रामकुमार श्रेष्ठ, आयुष न्यौपाने, ईश्वरीप्रसाद गैरे, यमु कँडेल, केशव अधिकारी, गोमानसिंह घर्ती, दामोदर खनाल, भुवन तिमिल्सीना, मानबहादुर केसी, यमबहादुर सोमै, रवि पाण्डेय, राजु भुजेल, लक्ष्मी घिमिरे, सञ्जय तिवारी, सुशीला पोखरेल रहेका छन् ।

    यस्तै चन्द्रिका विक, भरत परियार, जयसिंह कार्की, राजन बुढा, सिद्ध खडका, धनञ्जय अवस्थी, बलराम रोकाय, भुवन भट्ट, मनोज रावत, मोहन सिंह धामी, राजन जैगडी, समिर चन्द, विष्णु शर्मा, हिमलाल वाग्ले, बिक्रम थापा, बाबुराम आचार्य, दिपक पौडेल, शोभा नेपाली, मन बिक, बुद्दिराम गैर, सिमा नेपाली, प्रतिभा पौडेल, अर्जुन शर्मा, लिला बहादुर पुन, अनिल नेपाली र डिला रेग्मी रहेका छन्।

    यस्तै समितीका सल्लाहकार सदस्यहरुमा– गोबिन्द सिंह थापा, गुणराज लोहनी,हुकुम बहादुर सिंह , शशिधर भण्डारी, सुर्या थापा, लाल बहादुर जाग्री, हिरामणी दुःखी, इन्द्र राउत , डा. केसव देवकोटा , बद्री कुमार चौलागाईं , र जय दाहाल रहेअक छन् ।

    बैठकले एकीकृत सङ्गठनको नाम तत्कालका लागि क्रान्तिकारी प्रेस सङ्गठन नै राख्ने निर्णय गरेको छ । यस्तै बैठकले तत्काल सङ्गठनलाई नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्रित गराउने निर्णय गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ