• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    देउवाले दिए गोविन्द केसीको चित्त दुःख्ने अभिव्यक्ति, हेर्नुहोस के-के भने

    17.9K
    SHARES

    काठमाडौं ।

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन् ।
    शुक्रबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो ।’ डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उनले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए । विपक्षी दल काँग्रेसका कारण केसीको माग पूरा भएको उनको भनाइ थियो ।

    डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैँडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न आएका देउवाले तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाए । ।

    यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साउन १५ गते गरिने आन्दोलन सरकारको विरोधस्वरुपको टोकन भएको बताए । देशमा महँगी बढेको, जथाभावी कर लगाइएको, भ्रष्टाचार बढेको, सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उनले आरोप लगाए ।

    फरक प्रसंगमा उनले अब हुने महासमिति बैठकले पार्टीभित्रको विवाद सल्टाउने बताए ।

    २०७५ साउन २१ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ