• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    त्रिशुली बस दुर्घटना अपडेटः ७ जनाको मृत्यु, १७ घाइते

    17.5K
    SHARES

    काठमाडौं । 

    त्रिशुलीमा पुनः बस दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डबाट नदिमा खसेको हो ।

    दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेका छन् । पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा बाटोमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

    यस्तै दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् । उपचारको लागि ५ जना घाइतेहरुलाई पोखरा लगिएको र १२ घाइतेहरुलाई भरतपुर पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर छ ।

    प्रहरीले दिएको जानकारी अनुसार ३२ जना सवार बस सडकको कुनाबाट धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएपछि बस त्रिशुलीमा खसेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ