• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    छाउगोठमा बसेकी १६ वर्षीया किशोरी बलात्कृत, घटनापछि नगरप्रमुखको टोलीले भत्कायो छाउगोठ

    746
    SHARES



    काठमाडौँ। अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । सोमबार राती पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कृत भएको हो ।

    किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । विगत ११ वर्षदेखि घर बस्दै आएकी १६ वर्षीया किशोरी नजिकै  रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी हुन् ।

    उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् । स्थानीय किशोरीले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको हो ।

    अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई भनेकी थिइन । उनले स्थानीय १७ वर्षीय किशोर लगायत ३-४ जनाले बलात्कार गरेको बताएपछि उक्त घटनाको रहस्य खुलेको हो । आँखा र घाँटीमा कपडाले बाँधेकोले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाई छ ।

    अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले किशोरी बलात्कृत भएको पुष्टि भएको बताएका छन् । पाठकसहितको टोलीले मङ्गलवार बेलुकी घटनास्थल पुगेर घटनाबारे थप जानकारी लिइएको प्रहरीले जनाएको छ ।

    मङ्गलवार बिहान उनको उद्धारमा गएकी नगरप्रमुख अम्बिका चलाउनेको टोलीले छाउगोठ भत्काएको छ । उनलाई अचेत अवस्था सम्म गोठमै राखिएको भन्दै नगरप्रमुख चलाउनेले गोठ भत्काएकी हुन । किशोरी होसमा नआउन्जेल सम्म उनी बिरामी भएको भन्दै उद्धार गरिएको थियो । घटनाको थप अनुसन्धान भइरहेका अछाम प्रहरी प्रमुख सन्तोष पाठकले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ