• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ट्याङ्कर चालक सङ्घ र सरकारबीच सहमति, आजैदेखि इन्धन आपूर्ति शुरु हुने

    643
    SHARES



    काठमाण्डाै । नेपाल पेट्राेलियम ट्याङ्कर चालक सङ्घ र सरकारबीच सहमति भएकाे छ । आज उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएकाे छलफलमा सहमति जुटेकाे हाे ।

    छलफलमा सङ्घले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने सहमति भएकाे छ । याे समितिले सङ्घले उठाएका मागबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्नेछ ।

    पेट्राेलियम ट्याङ्कर चालक सङ्घ, मन्त्रालय र नेपाल आयल निगमबीच सहमति भएसँगै आजैदेखि पेट्राेलियम पदार्थकाे आपूर्ति आजैदेखि शुरु हुने निगमले जनाएकाे छ ।

    सङ्घले चालक, सहचालकलाई श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थालगायत सात बुँदे माग राखेर हिजाेदेखि थानकोट डिपोबाट इन्धन उठाएका छैनन् । ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घ/संस्थाको आन्दोलनका कारण आज बिहानैदेि काठमाण्डौ उपत्यकामा पेट्रोल–डिजेलको अभाव भएको थियाे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ