• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कृषि विज्ञान र भेटेनरीबाट दिक्षीत विद्यार्थीको संख्या वृद्धिभएकोमा खुसिलाग्यो : प्रधानमन्त्री प्रचण्ड

    731
    SHARES



    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि विज्ञान र भेटनरीमा विद्यार्थीका संख्या वृद्धिभएकोमा खुसीलागेको बताएका छन् । शाेमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौंथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण निर्माण गर्नुपर्ने भएका वेला कृषिमा विद्यार्थीको संख्या बढ्दै गएकोमा खुसी लागेको बताएका हुन् ।

    “देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान सदुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु ।”

    उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटेरिनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटेरेनरी विषयमा विद्यार्थी सङ्ख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ