• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कुकुरको बच्चालाई कुटेर जिउँदै खाल्डोमा पुरेको आरोपमा ३ जना पक्राउ

    1K
    SHARES



    काठमाण्डौं । भिडियो बनाउने नाममा कुकुरको बच्चालाई कुटेर तड्पाउँदै मारेको आरोपमा ३ जना पक्राउ परेका छन् । कुकुरको बच्चालाई कुटेर जिउँदै खाल्डोमा पुरेको भन्दै पसुकल्याण संघकाठमाणौले दिएको जाहेरीका आधारमा उनीहरू इलामको जितपुरबाट पक्राउ परेकाम हुन् ।

    संघले काठमाण्डौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो ।

    उनीहरूले भिडियो बनाउले हेतुले कुकुरको बच्चाको क्रुरता पुर्वक हत्या गरेका हुन् । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।

    यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्ने पशु कल्याण सङ्घकी अध्यक्ष स्नेहा श्रेष्ठको भनाइछ ।

    मुलुकी अपराध संहिता २०७५ अनुसार यसरी पशुमाथि क्रूरतापूर्वक हत्या गरेमा ५ हजार सम्म जरिवाना र ३ महिनासम्म जेल सजाए हुने व्यवस्था रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ