• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ठगी गरेको आरोपमा फिल्म निर्देशक थापाविरुद्ध मुद्दा दायर

    0.9K
    SHARES



    काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ । जिल्ला अदालत काठमाडौँमा फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर भएको हो ।

    मुद्दामा थापासँगै ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि अभियुक्त बनाइएको छ । प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

    निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर सम्झौता विपरीत निर्मातालाई कुनै जानकारी नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर एक करोड ५० लाख रुपैयाँ बराबरको हानी पुर्‍याएको आरोप लगाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ