• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चर्चित गीत ‘सानु म’का मोडल ३९ वर्षीय दीपेश लामाकोनिधन

    1.2K
    SHARES



    काठमाडौं । चर्चित कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ । दुई दशकअघिको चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडल समेत रहेका लामाको निधनको खबरलगत्तै सामाजिक सञ्जालमा फ्यानले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

    पारिवारिक श्रोतका अनुसार मंगलबार काठमाडौंको बसुन्धरामा हिंड्दै गरेको अचानक बेहोस भएर ३९ वर्षीय लामाको निधन भएको हो ।

    लामो समयदेखि लामा हेपाटाइटिस बी रोगबाट पीडित थिए । तर आफूहरुले भने हृदयघातको आशंका गरेको शाहले बताए । लामाको पार्थिव शरिरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    ‘सानु म’ गीतले लामालाई एकाएक प्रसिद्धि दिलाएको थियो । आलोक नेम्बाङ निर्देशित गीतको भिडियोमा उनी र सुबानी मोक्तान फिचर्ड छन् । प्रेम लामाले गाएको यो गीतमा सञ्जीव सिंहको शब्द तथा संगीत छ । दीपेश लामाले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ