• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    भरतपुरमा अटोरिक्सा चालकमाथि प्रहरीले गोली चलायो, के छ अवस्था ?

    52.1K
    SHARES

    काठमाडौं ।

    चितवनको भरतपुरमा प्रहरी र अटोरिक्सा चालकमाथि प्रहरीले गोली चलाएको छ । बुधबार प्रहरीले चलाएको गोली लागेर अटोरिक्सा चालक नवलपुर गैँडाकोटका महेन्द्र घाइते भएका छन् ।  उनको पूर्ण पहिचान खुल्न सकेको छैन । उनको खुट्टामा गोली लागेको छ । घाइतेको उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको बताईएको छ ।

    भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा रिक्सा व्यवसायी र प्रदर्शनकारीबीच झडप भएको हो । जिल्ला प्रशासन कार्यालय नजिक रहेको केन्द्रीय बस टर्मिनलमा भएको पर्दशनका क्रममा दुवै पक्षबीच झडप भएको हो । प्रहरीलाई प्रदर्शनकारीहरुलाई लाठी चार्ज गर्दै कैयौं सेल अश्रु ग्यास र १० राउण्ड गोली लगाएको हो ।

    भरतपुर महानगरपालिकाले साउन ५ गते देखि भरतपुर महानगरपालिकाको मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाएको थियो । महानगरपालिकाले लगाएको प्रतिबन्ध विरुद्ध अटोरिक्सा व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

    २०७५ साउन ९ मा प्रकाशित ।

    प्रतिक्रिया