• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    बिदेश गएर पढ्ने ९० प्रतिशत डाक्टरले सर्टिफिकेट किनेर ल्याउँछन: गगन थापा (भिडियोसहित)

    17.9K
    SHARES

    काठमाडौँ ।

    नेपाली कांग्रेसका नेता गगन थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्कने ९० प्रतिशत विद्यार्थीले सर्टिफिकेट किनेर ल्याउने गरेको आरोप लगाएका छन ।

    गोविन्द केसीको नाममा सरकार विरुद्धको सडक आन्दोलनमा भाषण गर्दै नेता थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी माथि धावा बोलेका हुन ।

    उनले यसरी बोलेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । यसअघि बंगलादेशमा पढ्ने विद्यार्थी माथि धावा कानुनमन्त्री शेरबहादुर तमाङले नैतिकताको बन्धन देखाउदै पदबाट राजिनामा दिएका थिए ।

    त्यस्तै व्यवसायी दुर्गा प्रसाइको पनि चर्को आलोचना भैरहेको छ । तर यही बीचमा कांग्रेस नेता गगन थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी माथि एकमुण्ठ सर्टिफिकेट किनेर ल्याउने गरेको चार्च लगाएका छन ।

    यस विषयमा आलोचना सुरु भएपछि गगनका समर्थक बचाउमा लागेका छन भने धेरैजसोेले आलोचना गरिरहेका छन ।

    हेर्नुहाेस भिडियाे

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ