• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    वाईसीएल र युवा संघबीच केहि दिनमै एकता, को बन्दैछ अध्यक्ष ?

    16.1K
    SHARES

    काठमाडौं ।

    युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच यही साउनभित्र एकता हुने भएको छ ।

    दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको सदस्यता अनिवार्य गर्न लागिएको जनाइएको छ । संगठनमा १६ देखि २४ वर्षसम्मका युवालाई विशेष आरक्षण दिनुपर्ने, राष्ट्र निर्माणमा युवा शक्तिलाई परिचालन गर्नुपर्ने, समाजवाद र राष्ट्रिय पूँजी निर्माणका लागि युवा वर्गले भूमिका निर्वाह गर्नुपर्नेलगायत विषय विधानमा समेटिएको छ ।

    एकतापछि हुने संगठनको नाम र केन्द्रीय समितिमा रहने सदस्यको टुंगो लागिनसकेकाले उक्त विषय छलफलका क्रममा रहेको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिनुभयोए । दुवै संगठनलाई व्यवस्थित तरिकाले एकताबद्ध गर्नका लागि युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डे र अध्यक्ष रमेश पौडेल तथा कम्युनिस्ट लिगका इञ्चार्ज मणि थापा र रामप्रसाद सापकोटा रहेको कार्यदल निर्माण गरिएको थियो ।

    पेरिसडाँडास्थित उक्त कार्यदललाई एकताका लागि अहिलेसम्म गरिएका तयारी तथा विधानको मस्यौदा आज बुझाइएको छ ।

    इञ्चार्ज पाण्डेले चाँडो एकता गर्नुपर्नेमा जोड दिँदै एकतापछि मुलुकको राजनीतिक, सामाजिक विकास र प्रगतिका लागि नवीनतम सोच र दूरगामी दृष्टिकोणका साथ युवा वर्ग अगाडि आउनुपर्ने बताए ।

    अर्का इञ्चार्ज थापाले उक्त विधान युवालाई अवसर प्रदान गर्ने युवामैत्री रहेको बताउँदै युवाशक्ति संगठित भई सामाजिक सेवाका साथै व्यावसायिक तथा उद्यमशीलतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

    एकतापछि सङ्गठनको अध्यक्ष को बन्ने भन्नेबारेमा समेत केहि टुङ्गो लागेको छैन । तर माओवादी केन्द्रले विद्यार्थीको नेतृत्व गरे युवाको नेतृत्व एमालेले पाउने छ । भने एमालेले विद्यार्थीको नेतृत्व गरे मकेले युवाको नेतृत्व पाउने स्रोतले बतायो ।

    २०७५ साउन ९ मा प्रकाशित ।

    प्रतिक्रिया