• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    हारेका वामदेवलाई सांसद बनाउन यी मन्त्रीलाई राजीनामा दिन लगाउदै ओली-प्रचण्ड

    25.4K
    SHARES

    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद् बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।

    नयाँ पत्रिका दैनिकका अनुसार सांसद् बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । वामदेवले नयाँ पत्रिकासँग दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्यो, ल्याउँछौं भनेको बताएका छन् ।

    जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । डोल्पाका सांसद् धनबहादुर बुढाले भने राजीनामाबारे केही बोल्न नचाहेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

    ०७४ को निर्वाचनमा बुढा ११ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका थिए । लामो समय राप्रपाको राजनीति गरेको बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभा मा पनि सभासद् बनेका थिए ।

    यसअघि महिलाहरुमाथि गैरजिम्मेवार अभिव्यक्ति दिएपछि मंगलबार मात्रै कानुनमन्त्री शेरबहादुर तामाङलाई ओली-प्रचण्डको पार्टीले राजीनामा गर्न लगाएको छ ।

    नीतिगत त्रुटिले सिन्डिकेटलाई वैधानिकता

    सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

    निर्देशिकामा सार्वजनिक सवारीसाधनको पञ्जीकरणसम्बन्धी गरिएको व्यवस्थामा यो कार्यविधि निर्देशिका लागू भएपछि दर्ता हुने कुनै प्रकारका सार्वजनिक सवारीसाधनको पञ्जीकरण नभई रुट इजाजत जारी गरिनेछैन उल्लेख छ ।

    यसले निर्देशिका कार्यान्वयन हुनुअघि अर्थात् १८ चैतअघि रुट अनुमति लिने सवारीसाधनलाई कम्पनीमा दर्ता हुन अनिवार्य गरेको छैन ।

    यही नीीतगत त्रुटिलाई आधार बनाएर देशभरका ३ लाख ५० हजार सार्वजनिक सवारीसाधन अझै पञ्जीकरणमा आएका छैनन् । तर रुट अनुमति लिएर वैधानिक रुपमा यातायात सञ्चालन गरिरहेका छन् ।

    २०७५ साउन ९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ