• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    आफ्नो पक्ष र डा केसीको विपक्षमा लेख्न ओली-प्रचण्डको यी पत्रकारलाई निर्देशन, आकर्षक विज्ञापनको अफर

    25K
    SHARES

    काठमाडौँ ।

    ओली-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी निकटका दुइ वटा पत्रकार संगठनका नेताहरुलाई बोलाएर बिशेष छलफल गरेको छ ।

    सत्ता सम्हालिरहेको नेकपाले पछिल्लोपटक आफ्नो पार्टी र सरकारबिरुद्ध विभिन्न सञ्चार माध्यमहरुले समेत योजनाबद्धरुपमा प्रचारयुद्द चलाइरहेको भन्दै सञ्चार माध्यममा प्रभावकारी हस्तक्षेप गर्न पार्टी निकट पत्रकारलाई निर्देशन दिन यस्तो गोप्य बैठक बोलाएको स्रोतले बतायो ।

    ओली-प्रचण्ड आफै उपस्थित भएर आफ्नो पार्टीका पत्रकार संगठन प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका नेता तथा विभिन्न मिडियामा कम गर्ने पार्टी निकट पत्रकारहरुलाई मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर बिशेष छलफल गरिएको प्रेस सेन्टर निकट श्रोतले बतायो ।

    प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल निकट पत्रकारलाई नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले डाक्टर गोविन्द केसीको अनसनको बिरुद्ध र सरकारका गतिबिधिका पक्षमा शसक्त रुपमा कलम चलाउन निर्देशन दिएका छन् ।

    पार्टीका दुवै जना अध्यक्षले सरकारलाइ कमजोर बनाउन केही मिडिया र मिडियाकर्मी दिनरात लागि परेको भन्दै त्यस्ता तत्वलाई निस्तेज पार्न आग्रह गरेका छन् ।

    गोविन्द केसीको आमरण अनसनले सरकारलाई काम गर्न केही समस्या परेको र सरकार अलमलमा परेको तथा काममा अबरोध भएको भन्दै प्रधानमन्त्री ओली-प्रचण्डले खुलेर डाक्टर केसिको बिरोध गर्न आफु निकट पत्रकारलाई आग्रह गरेका छन् ।

    श्रोतका अनुसार तस्बिर, अडियो र भिडियो खिचन समेत उक्त गोप्य छलफलमा प्रतिबन्ध लगाइएको थियो बताईएको छ। यस्तै छलफलमा पार्टी अध्यक्ष ओली-प्रचण्डले आफ्नो पार्टीको पक्षमा लेख्ने, सरकारको प्रचारप्रसार गर्ने मिडिया हाउसलाई आकर्षक बिज्ञापन दिलाउने समेत बताएका थिए ।

    उनीहरुले विभिन्न सरकारी निकाय र केहि गैरसरकारी निकायका तर्फबाट पार्टीको पहलमा जसरी पनि आफ्ना पक्षमा लेख्ने मिडियालाई आकर्षक बिज्ञापन मिलाइदिने आश्वाशन दिएको स्रोतले बताएको छ ।

    यस्तै आफुनिकट साना लगानीका मिडियालाई सम्बन्धित निकायबाट बिज्ञापन दिनेबारे आबस्यक छलफल गरी नीतिगत कार्यक्रम तयार पार्न र आबस्यक तयारी गर्न समेत दुवै अध्यक्षले पार्टी निकट दुइ संगठन प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका पदाधिकारीलाई निर्देशन दिएका बताईएको छ ।

    ओली-प्रचण्डले २५ दिनदेखी जारी डाक्टर केसीको अनसनमा केही मिडियामा काम गर्ने सम्पादकले अनसनप्रति जनाएको ऎक्यबद्द्तालाई पार्टीका दुवै अध्यक्षले सरकारका र आफ्नो पार्टीका बिरुद्ध गरिएको सड्यन्त्रका रुपमा लिएको श्रोतले जनाएको छ ।

    केही सरकारी सञ्चार माध्यममा काम गर्ने आफू निकटका पत्रकार, सरकारका सूचना तथा सञ्चार प्रविधीमन्त्री गोकुल बास्कोटा, गोरखापत्र सस्थांनका ओम श्रेष्ठ, राससका महाप्रबन्धक उपेन्द्र शर्मा, एनटिभीका पत्रकारसहित अन्य नीजि मिडिया- कान्तिपुर, नागरिक, अन्नपूर्ण, नयाँ पत्रीका लगायतमा काम गर्ने आफ्नो पार्टी निकट पत्रकारहरुलाई बोलाएर नेकपाले गोप्य बैठक गरेको हो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ