• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    शिक्षा र स्वाथ्यलाई राष्ट्रिय कारण गर्न नेकपाका विद्यार्थीले गण्डकबाट सुरु गरे हस्ताक्षर अभियान

    7.4K
    SHARES

    पोखरा ।

    समाजवादको नारा दिएर सत्ताको बागडोर समाली रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारी र अनेरास्ववियुले शिक्षा र स्वास्थ्यलाई राष्ट्रिय करण गर्न दबाद दिने उद्देश्यले हस्ताक्षर अभियान सुरु गरेको छ ।

    सरकारले शिक्षा र स्वाथ्यलाई राष्ट्रिय करण गर्नुपर्ने आफ्नो माग रहेको भन्दै त्यसका निम्ति हस्ताक्षर अभियान सुरु गरेको बताउदै क्रान्तिकारीका केन्दीय सचिब क्षितिज सापकोटाले सरकारले तत्काल कदम नचाले आफुहरुले नै राष्ट्रिय करणका निम्ति देशभर अभियान संचालन गर्ने चेतावनी समेत दिएका छन् ।

    बिद्यार्थी नेताहरुले ‘सम्पूर्ण बामपन्थी, प्रगतिशिल, देशभक्त बिद्यार्थीहरु एक हौ, समाजबादको आधार तयार पारौं, शिक्षा र स्वाथ्यलाई रास्ट्रियकरण गरौं’ भन्ने मुल लेखिएको ब्यानर टागेर अभ्यानको सुरुवात गरेका छन् ।

    अनेरास्ववियु र अखिल क्रन्तिकारीले गण्डकी प्रदेशबाट सुरु गरेको उक्त हस्ताक्षर अभियान देशब्यापीरुपमा लैजाने बिद्यार्थी नेताहरुले बताएका छन् l

    क्रान्तिकारीको प्रदेश न ४ को संयोजक समेत रहेका सापकोटाले आफ्नो सरकारले डा. के.सीका जायज माग सम्बोधन गर्न तयार रहेको भन्दै सरकारी अस्पतालमा हाजिर गरेर आन्दोलन गर्ने डाक्टरहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

    समाजबादको आधार तयार गर्नको लागि शिक्षा र स्वाथ्यलाई राष्ट्रियकरण गरिनुपर्ने भन्दै गण्डकी प्रदेशबाट अनेरास्ववियु र अखिल क्रन्तिकारीले देशब्यापी आन्दोलनको सुरुवात गरेको बताए ।

    उनले हस्ताक्षर अभियानले सरकारको ध्यानाकार्षण गराउदै नेपाली कांग्रेसको नाकमा नत्थी लगाउने जिकिर गरे l साथै रामपुर बन विज्ञान तथा कृषी विश्वविध्यालय रामपुरले आठँ ओटा सम्वन्धन बाँडेकोमा आपत्ती जनाउदै विधार्थीले उठाएका जायज मागहरु तरुन्त पुरा गर्न माग गरे ।

    अनेरास्ववियुका कास्की जिल्ला अध्यक्ष बिबेक देवकोटाले नियतबस मेडिकल शिक्षामा आफ्नो मात्रै पकड राख्न र अहिलेसम्म मेडिकल शिक्षामा गरेको ज्यादति एकल रुपमा मच्चाएको बितण्डा बचाई राख्नको लागि कांग्रेसले गोबिन्द केसीलाई अगाडी सारेर आन्दोलन गरेकोले यसको कुनै तुक नभएको बताए ।

    यस्तै नेकपा निकट दुइ बिद्यार्थी संगठनले भोलि र पर्सि हस्ताक्षर संकलन गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई बुझाउने जानकारी दिएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ