• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    रूँदै राजीनामा दिए कानुनमन्त्री शेरबहादुर तामाङले (हेर्नुहोस् भिडियोसहित)

    57.8K
    SHARES

    काठमाडौं ।

    कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनका आँखामा आशु टिलपिल देखिएका थिए । पत्रकार सम्मेलनको सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूबारे चर्चा गरेका थिए। त्यसपछि उनी भावुक बनेका थिए। उनका आँखा रसाएका थिए। केहीबेर उनको गला अवरूद्ध भएको थियो।

    नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

    यसको सर्वत्र आलोचना भएपछि उनले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे पनि यसको अझ आलोचना भयो ।

    पत्रकार सम्मेलनका क्रममा उनले जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै  दुःख व्यक्त गरे । तामाङले राजीनामा पत्र आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएका छन् ।

    तामाङले आफ्नो छोटो कार्यकालमा १६ वटा भन्दा धेरै कानुन बनिसकेको बताउँदै यो अवसरका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए । तामाङले अदालतदेखि सरकारी निकायमा भइरहेको वैदेशिक लगानी एकद्वार प्रणालीबाट ल्याउन आफूले गरेको पहलका कारण केही पक्षले षड्यन्त्र गरेको पनि उल्लेख गरे । तर उनले षड्यन्त्र गर्ने पक्षको विवरण भने खुलाएनन् ।

    सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

    हेर्नुहोस् भिडियो । तस्वीर:सेतोपाटी

    २०७५ साउन ८ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ