काठमाडौं ।
२३ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई भेट्न उनकी आमा त्रिवि शिक्षण अस्पताल पुगेकी छिन्। आइतबार छोरालाई भेट्न पुगेकी आमाले अनसनस्थलमा सुतिरहेका केसीलाई देखेपछि आँसु झरिन।
आमा मित्रकुमारीकाको आँसु झरेपछि डा केसीको आँखा पनि रसाए। बहिनीसँग आएकी डा केसीकी आमाले करिब ५ मिनेट छोरालाई नियालिरहिन्। डा केसीले पनि आमालाई हेरेर आँसु झारिरहे, केही बोल्न सकेनन्।
आमा-छोराका आँसु मात्र झरिरहेको देखेपछि डा केसीका सहयोगी, मेडिकल टिम समेत केही समय अवाक भएको थियो। छोरालाई हेर्न आएकी आमा मित्रकुमारीले बरबरी आँसु झार्न थालेपछि डा. केसीकी सानीआमाले लिएर बाहिर निस्केकी थिइन्।
डा केसीसँगै रहेका विशद दाहालका अनुसार उनीहरुले केही कुराकानी नै गर्न सकेनन्।
२०७५ साउन ७ मा प्रकाशित ।
प्रतिक्रिया