• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    दशगजामा भारतीय दादागिरी, रातारात भन्सार चेक पोस्ट बनाउँदै, के गर्दैछन् धनुषाका सिडिअाे ?

    13.4K
    SHARES

    काठमाडौं ।

    भारतीय सुरक्षा बलले धनुषाको नगराइन नगरपालिका – २ जटही नाकास्थित दसगजामा जबरजस्ती भन्सार चेक पोस्ट बनाउन थालेको छ ।

    प्रहरीको अनुरोधसमेत नमानी जबरजस्ती रुपमा दसगजामा खनेर चेक पोस्ट बनाउन काम गरिरहेको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जगदिशप्रसाद थारुले जानकारी दिए ।

    चेक पोस्ट बनाउने भारतीय पक्ष र सीमामा रहेको नेपालको सशस्त्र प्रहरीबीच विवाद समेत भएको छ । ५१ नम्बर सीमा स्तम्भ नजिक भारतीय पक्षले जेठ १५ गतेबाट नै भन्सार चेक पोस्ट बनाउन सुरुवात गरेको थियो ।

    नेपालको अनुरोधमा भारतीय पक्षले नापी ल्याएर जग्गा एकिन गर्न १० दिनको लागि निर्माण स्थगित गरेको थियो । तर नेपालबाट १० दिनसम्म कुनै चासो नदिएपछि पुनःकाम सुरुवात गरेका हुन् ।

    सशस्त्र प्रहरी निरीक्षक थारुले नापी गर्न प्रमुख जिल्ला अधिकारीले पटक-पटक अनुरोध गर्दा पनि ध्यान नदिएको गुनासो गरे । उक्त स्थान भारतको बिहार राज्यको मधुवनीको पिपरौनमा पर्छ ।

    यद्दपी यस विषयमा सिडिअाेलेसमेत गृहमन्त्रालयमा रिपाेर्टङ गराएकाे स्रोतले जानकारी दियो ।

    २०७५ साउन ६ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ