• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रदर्शनकारीले बानेश्वरमा २ वटा मन्त्रीका गाडी तोडे, प्रहरीको अश्रुग्यास र लाठीचार्जले दर्जनौ‌ घाइते

    66.3K
    SHARES

    काठमाडौं ।

    माइतीघरदेखि बानेश्वरसम्म डाक्टर केसीका समर्थनमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी  शनिबार प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।

    प्रदर्शनकारीहरुले ढुंगा हानेपछि प्रहरीले दिउँसो बल प्रयोग गरेको हो । प्रहरीले पटक पटक अश्रुग्यास हानेको छ । लाठी लागेर दर्जनाै‌ प्रदर्शनकारी घाइते छन् । भने प्रदर्शनकारीको ढुङ्गामुढा प्रहारबाट प्रहरी समेत घाइते भएका छन् ।

    यस्तै माइतीघर मण्डलामा तरुण दलले गरेको विरोध र्‍यालीमा पनि प्रहरीले लाठी चार्ज गरेको छ । तरुण दलका कार्यकर्तासहित पत्रकारहरू घाइते छन् ।

    डा. गोविन्द केसीको समर्थनमा नयाँ वानेश्वरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रदेश नम्बर ३ र ४ का दुई मन्त्रीको गाडी तोडफोड भएको छ ।

    प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनको ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।

    २०७५ साउन ५ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ