• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    मलाई ओली सरकारले अपहरण गर्न खोज्यो: डा केसी (सुन्नुहोस् अडियोसहित)

    13.3K
    SHARES

    जुम्ला ।

    जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा२० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर पठाएको थियो ।

    तर, डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन् । डा. केसीले आफ्ना सर्मथक तथा पत्रकारहरुसित भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ । सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’

    ‘यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित छ भने मेरो माग पूरा गर्नेतिर लाग्नु पर्‍याे । त्यसो भएमा म आफैं अनसन तोडिहाल्छु ।’ डा. केसीले माग पूरा नभएसम्म ‘चन्दननाथ बाबा’को काखमा सत्याग्रह जारी राख्ने अडान लिएका छन् । सरकार अधिनायकवाद लागू गर्न उद्यत भएको आरोप लगाउँदै सरकारको गुन्दागर्दी नचल्ने बताएका छन् ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको खबर पठाएपछि सरकारले शिक्षासचिव र डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको हो । टोलीमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि थिए ।

    डा. केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गराउने तयारी गरिएको थियो । तर, डा. केसीले काठमाडौं आउन मानेनन् ।

    सुन्नुहोस् डा केसीले बोलेको जस्ताको त्यस्तै

    २०७५ साउन ३ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ