• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द, डाक्टरहरू माइतीघर पुगे

    23K
    SHARES

    काठमाडौं ।

    डा.गोविन्द केसीको जीवन रक्षा माग गर्दै नेपाल चिकित्सक संघले बिहीबारदेखि देशभरिका सरकारी तथा निजी अस्पतालको आकास्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

    डा. केसी अनशनको दिन लम्बिँदै जाँदा उनको स्वास्थ्य बिग्रिएको तर सरकार संवेनदशील नभएको भन्दै संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    चिकित्सकहरूको आन्दोलनका कारण लाखौँ बिरामी मर्कामा परेका छन् । चिकित्सकहरूले मध्यान्ह माइतीघर मण्डलामा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन समेत गर्नेछन् ।

    २०७५ साउन ३ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ