• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    चक्कु प्रहार गरेर कैलालीमा १ युवकको हत्या, बाबुछोरा परे पक्राउ

    13.8K
    SHARES

    कैलाली ।

    कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका– ७, महुलियाका स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

    चक्कु प्रहारबाट गम्भीर घाइते सोमैलाई उपचारका लागि अस्पताल लगिएकोमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए ।

    प्रहरीका अनुसार, साउने संक्रान्तिका दिन डिजे बजाउने क्रममा दुर्इबीच सामान्य विवाद भएको थियो । बुधबार साँझ सोही विषयमा विवाद गर्न मानबहादुर मदिरा सेवन गरेर रमेशको घर पुगेका थिए । सोही क्रममा विवाद बढ्दै जाँदा रमेशले भान्सामा रहेको चक्कु झिकेर मानबहादुरलाई प्रहार गरेको डीएसपी ओलीले जानकारी दिए ।

    प्रहरीले चक्कु प्रहार गर्ने रमेश बिक र उनका बुबा नरबहादुर बिकलाई पक्राउ गरेको छ ।

    २०७५ साउन ३ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ