• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    डा.केसीलाई कारबाही गर्नुपर्छ : नेकपाका नेता अधिकारी

    14.9K
    SHARES

    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् मनमोहन अधिकारी मेडिकल कलेजका सञ्चालक रामकुमार अधिकारीले अनशन बसेका डा.गोविन्द केसीलाई कारबाहीको माग गरेका छन् ।

    आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले सरकारी कर्मचारी भएर अनशन बसेर सरकारलाई अफ्ठ्यारोमा पारेको बताए । ‘सरकारी जागिरे भएर अनशन बस्न मिल्दैन । सरकारले भनेको काम गर्नुपर्छ’, उनले भने, ‘सरकारल डा.केसीलाई कारबाही गर्नुपर्छ ।’

    नेकपाका नेता अधिकारीले डा.केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको बताए । ‘गगन थापाको भिडियो बनाएर प्रचार प्रसार गरेर हिँडेको मान्छे हो’, उनले भने, ‘कांग्रेसले मेडिकल कलेज पाउँदा चुप लागेर बस्नु भयो । मनमोहन मेडिकल कलेज दिन खोज्दा अनशन बस्नुभयो ।’
    १९ वटा मेडिकल कलेज सबै नेपाली कांग्रेस निकटका व्यक्तिहरूको रहेको उनको भनाइ छ ।

    जुम्लामा गएर अनशन बसेका डा.गोविन्द केसीसँग सरकारले वार्ता नगर्ने नेता अधिकारीले बताए । ‘उहाँले गैह्रकानूनी काम गर्नुभएको छ’, उनले भने, ‘जुम्लामा गएर वार्तामा बस्ने हो भने डा.केसी फेरि अर्को ठाउँमा गएर अनशन बस्नु हुन्छ । वार्ताका लागि काठमाडौं आउनुपर्छ । सरकार जुम्ला जाँदैन ।’

    २०७५ असार ३१ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ