• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कृष्ण पहाडीसहित ३१ जना मानवअधिकारवादी पक्राउ, यस्तो छ कारण

    11K
    SHARES

    काठमाडौं ।

    प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

    प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग सहित शनिबार बालुवाटारमा धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । मानवअधिकारकर्मीहरुले विभिन्न माग राख्दै जुम्लामा अनसनरत केसीको माग पूरा गरी अनसन तोडाउने वातारण मिलाउन सरकारलाई दबाब दिँदै आएका छन् ।

    यसैबीच  जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीले आफ्नो स्वास्थ्यको चिन्ता नलिन सरकारलाई आग्रह गरेका छन्। १५ दिनदेखि अनसनरत उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले आफूलाई राम्रो हेरचाह गरिरहेको बताए।

    ‘मेरो स्वास्थ्यको चिन्ता नलिनुस्। मलाई उठाएर काठमाडौं लैजाने होइन’ डाक्टर केसीले भने, ‘म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भइरहेको छ। उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु।’

    डाक्टर केसीले राखेका मागहरू पूरा गर्न दबाब दिँदै सोलिडारीटी फर प्रोफेसर गोविन्द केसीले शनिबार बानेश्वरमा गरेको कार्यक्रममा अडियोमार्फत् सम्बोधन गर्दै चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड गर्न नहुने बताए।

    ‘जनतामुखी र विद्यार्थीमुखी अध्यादेश तोडमोड गरेर नेता र माफियामुखी ऐन ल्याउने तयारी सरकारले गर्दैछ’ केसीले भने, ‘जसले दुई तिहाइ भोट दिए। उनीहरू (जनता) को हकहितविरुद्ध हुने गरी ऐन ल्याइँदैछ। नागरिकमुखी ऐन ल्याउनुपर्छ माफियामुखी र डन पोस्ने गरी ऐन ल्याउने होइन।’ प्रतिष्ठान खुलेको ८ वर्षसम्म पनि कर्णालीमा एमबिबिएस पढाइ सुरु नभएको भन्दै उनले छिट्टै पठनपाठन सुचारु गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरे।

    २०७५ असार ३० मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ