• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    औद्योगिक पार्कमा बम विस्फोट, १९ जनाको मृत्यु, यस्तो छ थप क्षतिको बिबरण

    19.8K
    SHARES

    काठमाडौं ।

    चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।

    चिनियाँ सरकारी समाचार संस्था सिह्न्वाका अनुसार यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको हो । विस्फोट के कारणले भयो भन्ने खुलाइएको छैन ।

    विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा धुँवाको मुस्लो फैलिएको तस्वीरहरुमा देखिएको छ ।

    यसलाई सन् २०१५ पछिको ठूलो विस्फोट मानिएको छ । सन् २०१५ मा उत्तर–पूर्वी बन्दरगाह शहरका रुपमा चिनिने तियाङजिङको रसायनिक गोदाममा आगलागी हुँदा १२५ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया