काठमाडाैं ।
केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय हेडक्वार्टर बैठक सकिएको छ । वैठकले पार्टीको स्थायी समितिको बैठक भोली तिन बजे बोलाउने निर्णय गरेको छ ।
आजको सचिवालयको बैठक स्थायी समितिको बैठकको कार्यसुची निर्धारण गर्न र प्रस्ताव गर्न भएको नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भोलीको बैठकमा दुबै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एउटा रिपोटीङ गर्ने भएका छन् ।
प्रधामन्त्रीको चीन भ्रमण, वर्तमान राजनीतिक परिस्थिति र सरकारका काम कारबाहीहरुको सम्बन्धमा र पार्टीको सांगठनिक एकताका सम्बन्धमा समेत स्थायी समितिमा छलफल हुनेछ ।
पार्टीको कार्यदलले मस्यौदा गरेको विधान सम्बन्धी नियमावलीको सम्बन्धमा छलफल गरेर पार्टी स्थायी समितिले सुझाव दिने काम पनि गर्नेछ ।
२०७५ असार २० मा प्रकाशित ।
प्रतिक्रिया