• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    १५ सय ७५ भारतीय नागरिक हुम्लामा अलपत्र, २ को मृत्यु, सुस्माले लेखिन यस्तो स्टाटस्

    13.9K
    SHARES

    काठमाडौं। 

    बर्षा र बाढीले देशभरको जनजीवन कष्टकर बनाइरहेका बेला हुम्लामा २ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ भने १५ सय ७५ जना भारतीय नेपालका विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

    आफ्ना नागरिक अलपत्र परेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीटरमा स्टाटस् लेख्दै उद्दारको लागि आग्रह गरेकी छन् । श्रोतका अनुसार भारत सरकारले उद्दारका लागि नेपाल सरकारसँग औपचारिक आग्रह समेत गरेको बुझिएको छ ।

    भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली दूतावासमार्फत यस्तो आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा अलपत्रको विवरण राखेर हटलाइन नम्बर पनि सार्वजनिक गरेकी छन् ।

    नेपालका विभिन्न स्थानको तिर्थ यात्रामा निस्किएका भारतीय नागरिकहरु बाढीपहिरोको जोखिममा परेर हुम्लाको सीमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेको स्वराजले उल्लेख गरेकी छन्।

    अलपत्र परेका तीर्थयात्रीका लागि आवश्यक खानेकुरा तथा औषधीलगायतका सामाग्रीको व्यवस्था गरी सिमिकोटमा स्वास्थ्य जाँचको व्यवस्थामा प्रभावकारीता देखाउने उनले नेपालस्थित भारतीय दूतावासलाई निर्देशन दिएकी छन् ।

    तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको जानकारीसहित स्वराजले नेपाली नम्बर समेत सार्वजनिक गरेकी छन् ।

    नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।

    यसैबीच कैलाश मानसरोवर दर्शन गर्न गएका २ जना भारतीय नागरिकको मृत्यु भएको छ । केरला निवासी ५६ वर्षीय नारायणम लिलाको हुम्ला सिमकोटस्थित एक होटलमा र आन्ध्र प्रदेशकी सत्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लिलाको मानसरोवरबाट फर्केर आउँदा सोमबार अकस्मात होटलमा र सत्यलक्ष्मीको आइतबार ताक्लाकोटमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए ।

    यो वर्षमात्रै मानसरोवर आएका ८ जना भारतीयको मृत्यु भईसकेको प्रहरीले जनाएको छ । उनीहरुको लेक लागेर मृत्यु हुने गरेको बुझिएको छ।

    प्रतिक्रिया