• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    राजधानीमै घट्याे दुखद घटना: एक घरमा एकै परिवारका ११ जनाको शव भेटियाे

    15.8K
    SHARES

    एजेन्सी ।

    भारतकाे राजधानी नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ ।

    बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका छन् । प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रहरीका अनुसार आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा जालमा केही शव झुण्डिएको देखेपछि तुरुन्त वरपरका बासिन्दालाई बोलाएको र प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा घरको ढोका खुल्लै थियो । केही शव घरको आँगनमा झुण्डिएको जालमा अवस्थामा थिए भने केही शव घरभित्र पंखामा झुण्डिएका थिए ।

    मृतक परिवारको फर्निचर र किराना पसल छ । उनीहरु सबै मिलनसार रहेको स्थानीयबासीले बताएका छन् । शनिबार राति पनि छिमेकीहरुले घरका यी सदस्यहरुलाई देखेका थिए । तर यिनीहरु कुनै समस्यामा परेको भान हुँदैनथ्यो ।

    ‘छिमेकीले हामीलाई भने कि ढोका सामान्यतया बन्द रहन्छ । तर आइतबार, यो खुला छ । हामी पत्ता लगाउन खोज्दै छौं कि यो आत्मघाती सम्झौता हो या केहि घातक खेल छ’, पुलिस अधिकारीले भने ।

    प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ । सामूहिक आत्महत्या गर्ने बेला एकअर्कालाई हेर्न र बोल्न नचाहेकाले सबैको आँखा र मुखमा पट्टी बाँधिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर, वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने छ । प्रहरीले स्थानीय सिसिटीभी फुटेजहरु पनि चेक गरिरहेको छ । तर, कतिपयले यसलाई हत्याको संज्ञा दिएको भारतीय समाचारहरुले जनाएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ