काठमाडौं ।
सेसेल्सका राष्ट्रपति ड्यानी फार आफ्नो पहिल भारत भ्रमणमा आएका छन् ।
सोमवार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनको स्वागत गरिएको छ । यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्द त्यहाँ उपस्थित थिए । स्वागतका क्रममा एउटा घटनाले सर्वसाधरणदेखि मोदीसम्मको ध्यान तान्यो ।
राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने क्रममा भारतीय वायुसेनाका एक जवान गर्मीले बेहोस भएर लडे । कार्यक्रम समाप्त भएपछि मोदी ढलेका ती जवान नजिक पुगेर उनको अवस्थाबारे जानकारी लिन पुगे ।
मोदीले ती जवानसँग आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री कार्यालयलाई उधृत गर्दै लेखिएको समाचार अनुसार केही मिनेट ती जवानसँगै रहेपछि मोदी आफ्नो सरकारी निवासतर्फ लागेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति ड्यानी फारको बैठकपछि दुवै देशले छ सम्झौतामा हस्ताक्षर गरेका छन् । यस क्रममा भारतले सेसेल्सको समुद्री सुरक्षा क्षमता बढाउन १० करोड डलर ऋण दिने घोषणा गरे ।
२०७५ असार ११ मा प्रकाशित
प्रतिक्रिया