• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विपिन जोशी गाजामा सुरक्षित- परराष्ट्र मन्त्रालय

    1K
    SHARES



    काठमाडौँ ।​ हमास-इजरायल युद्धमा हमास समूहले नियन्त्रणमा लिएका विपिन जोशी सुरक्षित रहेको खबर प्राप्त भएको छ ।

    सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीले बताएका छन् । जोसिका अनुसार विपिन हमास समूहको नियन्त्रणमा गाजामा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयलाई रिपोर्टिङ आएको छ ।

    ‘विपिन जोशी सुरक्षित रहेको जानकारी पाएका छौँ । उहाँ गाजामा हमासको नियन्त्रण हुनुहुन्छ’ दिपकले इकागजसँग भने ‘उहाँलाई ल्याउन सरकार लागि परेको छ ।’

    इजरायलस्थित नेपाली दूतावास, नेपालस्थित इजरायली दूतावास र कतारस्थित नेपाली दूतावासको पहलमा जोशीबारे थाहा भएको दिपकले बताएका छन् । उनका अनुसार कतारस्थित नेपाली दूतावासले विपिनलाई फिर्ता ल्याउन प्रयास गरिरहेको जनाएको छ ।

    यसैबीच ७ अक्टोबरमा दक्षिणी इजरायलमा आक्रमणमा बन्धक बनाएर गाजामा लगेकोमध्ये विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताको भनाई उदृत गर्दै इजरायलस्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया