रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।
अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ । घाइते मध्य ७ जनाको अवस्था गम्भीर छन् । घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।
प्रतिक्रिया