• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    गाजाको अल शिफा अस्पताल तत्कालै खाली गर्न इजरायली सेनाको आदेश

    1.4K
    SHARES



    काठमाण्डौ। इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा तत्कालै खाली गर्न आदेश दिएको छ ।

    गएको बुधवार नै बुलडोजरसहित अल शिफा अस्पतालमा पुगेर खानतलासी गरेको इजरायली सेनाले आज तत्कालै अस्पताल खाली गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

    अबको केही घण्टाभित्र अस्पताल खाली नगरेमा जे पनि हुन सक्ने इजारायली सेनाले चेतावनी दिएको खबरमा भनिएको छ ।

    इजरायली सैनिकले अस्पतालमा हमासका लडाकु लुकेर बसेको जनाएका छन् । अस्पताल मुनि बनाएको सुरुङमा हमासले आफ्नो कमाण्ड स्थापित गरेको इजरायली सेनाको आरोप छ भने हमासले यो आरोपलाई झुटो भनेको छ ।

    सेनाले अस्पताल खाली गर्न भनेपछि सयौँ बिरामीको जीवन जोखिममा परेको छ । डाक्टरहरु अन्योलमा छन् । बिजुली, पानी र खाना नखाएरै पनि धेरै दिन काम गरेको अस्पतालका डाक्टरले बताएका छन् । अल शिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो । सयौँ विस्थापितहरूले यहाँ आश्रय लिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया