• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनको साङ्सी प्रान्तकाे एक भवनमा आगलागी, ११ जनाको ज्यान गयो

    1.4K
    SHARES



    काठमाण्डौ । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीवार एउटा भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । र, घाइते ५१ जनालाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

    लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।

    ‘एघार जनाको ज्यान गएको पुष्टि भएको छ, हताहत हुनेको निश्चित सङ्ख्या गणना भइरहेको छ,’ सिसिटिभीले भनेको छ, ‘अहिलेसम्म ६४ जनालाई बाहिर निकालि सकिएको छ, तीमध्ये ५१ जनालाई उपचारका लागि लुलियाङ फर्स्ट पिपुल्स अस्पतालमा पठाइएको छ । उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

    सामाजिक सञ्जाल साइट विबोमा पोस्ट गरिएको भिडियो फुटेजमा भवनबाट आगोको ज्वाला र कालो धुवाँ निस्किरहेको र दर्जनौँ मानिस पार्किङमा उभिएर हेरिरहेको देखाइएको छ । भिडियोमा देखाइएको भवन कम्पनीको वेबसाइटमा पोस्ट गरिएको मुख्यालयको तस्बिरसँग मेल खान्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया