• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इजरायली सेना गाजाको अस्पतालमा प्रवेश

    1.5K
    SHARES



    काठमाडौं । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।

    हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको दाबी इजरायली सेनाले गरेको छ ।

    प्रत्यक्षदर्शीहरुले गाजा शहरको अल-शिफा अस्पतालमा इजरायली हतियारधारी सेना ट्यांकसहित प्रवेश गरेको बताएकाे बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् ।

    इजरायल डिफेन्स फोर्स आईडीएफले आफ्नो सेनाले अस्पतालको निर्दिष्ट क्षेत्रमा हमास विरुद्ध सटिक र लक्षित कारबाही गरिरहेको जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया