• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हत्या आरोपमा थुनामा रहेका निलम्बित सांसद सिंह धरौटीमा रिहा

    1.9K
    SHARES



    जनकपुरधाम । हत्या अभियोगमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह धरौटीमा रिहा भएका छन् । उच्च अदालत जनकपुरको राजविराज इजलासले १ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी धरौटी बुझाएर छुटेका हुन् ।

    उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले आज जिल्ला अदालत सप्तरीले गत भदौं १९ मा सिंहलाई पुर्पक्षका लागि कारागार पठाउने दिएको आदेश बदर गर्दै १ लाख २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको बुझिएको छ ।

    १६ वर्ष अगाडि माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको भन्दै सिंह सहितका केही व्यक्तिमाथि मुद्दा दर्ता भएको थियो । लामो समय मुलतवीमा रहेको उक्त मुद्दामा सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले गत भदौ १९ गते सिंहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

    मुद्दा चलेकै अबस्थामा सिंह सप्तरी क्षेत्र ४ (२) बाट स्वतन्त्रबाट चुनाव जिते । पछि उनी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरे । तर पक्राउ परेपछि उनी निलम्बित छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ