काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन् ।
भूकम्पमा परेर घाइते भएकी उप मेयर सिंहलाई उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । यस्तै जिल्ला अस्पतालमा हालसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाको मृत्यु भएकाे पुष्टि भएकाे हो । उता रुकुम पश्चिममा पनि भूकम्पमा परि मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ। रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ११ मा ६ जना, १२ मा ४ जना, १३ मा ३ जना, १४ मा ९ जना रहेका छन् ।
प्रतिक्रिया