• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Banner News अपराध मधेश समाचार

    निजी विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या

    3K
    SHARES



    कलैया । बारामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या गरिएको छ । बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर सोमबार दिउँसो हत्या गरेका हुन् ।

    घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बयोधा अस्पतालमा सोमबार दिउँसो करिब २ बजेतिर मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले  बताए ।

    मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर स्वर्णकारमाथि गोली प्रहार गरेका थिए । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा उनीमाथि गोली प्रहार भएको थियो । दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया