• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    अष्ट्रेलियामाथि साउथ अफ्रिकाको कीर्तिमानी जित

    2.6K
    SHARES



    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले हराएको छ ।

    लखनउमा भएको खेलमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई जितका लागि ३ सय १२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रएको अष्ट्रेलिया १ सय ७७ रनमा अलआउट भएको थियो ।

    विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा अफ्रिकी टिमले श्रीलंकालाई १ सय २ रनले हराएको थियो । अर्कोतर्फ अष्ट्रेलियाको यो दोस्रो पराजय हो ।

    अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित बनेको थियो । विश्वकपको इतिहासमा रनको हिसाबले अष्ट्रेलियाको यो सबैभन्दा ठुलो हार हो ।

    लक्ष्य पछ्याएको अष्ट्रेलियाले सुरुआत निकै खराब रह्यो । उसले प्लेअफमा ३ विकेट गुमाएको थियो । पहिला मिचेल मार्सलाई मार्को जानसेनले टेम्बा बावुमाको हातबाट क्याच आउट गराएका थिए ।

    त्यसपछि डेभिड वार्नर समेत १३ रनमा पोविलियन फर्किएका थिए । स्टिभ स्मिथ समेत १९ रन बनाएर कागिसो रबाडाको बलमा एलबीडब्लू आउट भएका थिए ।

    अष्ट्रेलियाको विकेट पतन भने रोकिएन । जोश इङ्लिस र मार्कस स्टोइनिसलाई कगिसो रबाडाले आउट गरेका थिए ।

    ७० रनमा ६ विकेट गुमाएको अष्ट्रेलियालाई मार्नस लाबुसेन र मिचेल स्टार्कले मिलेर ६९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई १ सय ५० रनको नजिक पुर्याएका थिए ।

    यता, नेपाली क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।

    सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’

    यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताए । उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया