• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बन्धक रिहा नभएसम्म इजरायलले गाजामा बिजुली र पानीको सप्लाइ रोक्ने

    2.9K
    SHARES



    काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ ।

    हमास लडाकुले १ सय ५० बढी इजरायलीलाई बन्धक बनाएका छन् भने हमासको आक्रमणबाट १ हजार २ सय इजरायलीको मृत्यु भएको छ ।

    इजरायलका उर्जामन्त्री इजराइल काट्जले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म बन्धक बनाएका हाम्रा नागरिक रिहा हुँदैनन्, तबसम्म बिजुलीको स्वीच अन हुँदैन, पानीको पाइप खुल्दैन र इन्धन बोकेको ट्रक गाजामा जाँदैन ।’

    गत शनिबार हमास लडाकुले हमला गरेकै दिन इजरायले बिजुलीको साथै, औषधि तथा पानीसहितका अत्यावश्यक सामग्रीको आपूर्ति बन्द गरिदिएको थियो ।

    जसका कारण गाजा क्षेत्रमा अहिले बिजुली छैन । अस्पतालमा जेनेरेटर चलाउनका लागि पनि सिमित इन्धन मात्र रहेको छ ।

    सहायताकर्मीहरुले गाजामा खाना तथा पानीको अभाव भएकोछ । इजिप्टले गाजामा अत्यावश्यक सामग्रीको ढुवानीका लागि ६ घन्टा युद्ध विराम गर्न आग्रह गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया