• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रास्वपा बाहेकका दलहरूमा राणा शासन कायमै छ- रवि लामिछाने

    1.7K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताएका छन् ।

    बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरूमा राणा शासन कायम रहेको बताएका हुन् ।

    उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको पनि बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे ।

    आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने उनले बताए । सभापति लामिछानेले इजरायलस्थित नेपाली दूतावासले गैर आवासीय नेपालीहरूले जति पनि काम गर्न नसकेको बताए ।

    सभापति लामिछानेले गैर आवासीय नेपाली सङ्घको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने स्पष्ट पारे । पार्टीका नेताहरू कुनै उम्मेदवारको पक्षमा लागेको पाइएमा कारबाही हुने उनले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया