काठमाडौँ। भारतको बिहारमा रेल दुर्घटना भएको छ ।
गएराति भएको दुर्घटनामा १ बालिकासहित ४ जनाको ज्यान गएको बिहार प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा १ सय यात्रु घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर्घटना भएको हो ।
रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । दुर्घटनापछि यूपी-बिहार-बङ्गाल रुटका झण्डै डेढ दर्जन रेलको सेवा प्रभावित भएको छ ।
प्रतिक्रिया