काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी स्वदेश फर्किएकी छन् ।
इजरायलमा व्यावसायिक फुटबल खेल्दै आएकी उनी बुधबार राति नेपाल फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
युद्ध चर्किँदै गएपछि इजरायलमा सबै फुटबल गतिविधि स्थगित भएका छन्। यूईएफएले विज्ञप्ती जारी गर्दै शनिबारदेखि दुई साताका लागि इजरायलमा निर्धारित सबै खेल स्थगित गरेको थियो ।
इजरायलबाट मंगलबार राति उडेकी सावित्रा थाइल्यान्डको बैंकक हुँदै स्वदेश फिर्किएकी हुन् । उनी इजरायलको वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छिन्।
प्रतिक्रिया