• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इन्धन सकिएपछि गाजाको एकमात्र विद्युत् गृह बन्द

    1.8K
    SHARES



    काठमाडौँ । इजरायली बमबारी र घेराबन्दीमा रहेको गाजापट्टिको एकमात्र विद्युत् गृहमा इन्धन सकिएपछि बुधवार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ ।

    ‘गाजापट्टिको एकमात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि सेवा दिन सकेको छैन’, प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनी मारिएका छन् भने प्यालेस्टिनी विद्रोही समूह हमासले गएको शनिवार द्वन्द्व शुरु भएयता १ हजार २ सय जनाभन्दा बढी इजरायलीको हत्या गरिसकेको छ ।

    स्थानीय समयअनुसार शनिवार बिहानै हमासले एक्कासी इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा जल, स्थल र आकाश तीन मार्गबाट प्रवेश गरी आक्रमण गरी निहत्था सयौँ व्यक्तिको हत्या गरेपछि इजरायलले पनि बदलामा हवाई आक्रमण गरेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया