• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रवि लामिछाने भन्छन्- मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ

    1.6K
    SHARES



    काठमाण्डाै। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले हेर्न पाउनुपर्ने बताएका छन् ।

    आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने उल्लेख गर्दै भ्रष्टाचार भ्रष्टाचार नै हुने र यसमा कुनै लेप लाग्न नहुने बताए । कुनै पनि गलत कुरालाई अख्तियारले हेर्नसक्ने लामिछानेकाे भनाइ छ ।

    उनले भने, ‘मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो । नीतिगत, योगत उगत भन्ने होइन । भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ ? भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ । कुनै लेप लाग्न हुँदैन । गलत चिज कुनै पनि छ भने हेर्नुपर्छ ।  जहिलेको पनि हेर्नुपर्छ । यो हाम्रो दलको कुरा हो ।’

    सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रस्ट, ओम्नी, यति लगायतका प्रकरणहरूको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न पनि गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया