• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डको पार्टी माओवादी होइन- सीपी गजुरेल

    1.2K
    SHARES



    काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई माओवादी भन्न नमिल्ने बताए । बुधबार पार्टी कार्यालय कुपन्डोलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले माओवादी परित्याग गरिसकेको उनले जिकिर गरे ।

    ‘प्रचण्डजीको पार्टीलाई माओवादी भन्न मिल्दैन । उहाँसँग अहिले हिङ बाँधेको टालो पनि छैन । माओवादी परित्याग गरिसक्नुभयो’, उनले भने, ‘माओवादी नाम नराख भन्न त मिलेन । त्यसैले प्रचण्डजीको पार्टी माओवादी पार्टी होइन ।’

    त्यस्तै अलिहेको संसदीय व्यवस्थाबाट कुनै निकास ननिस्कने भन्दै उनले जनविद्रोहमार्फत अस्थायी सरकार बनाउने र त्यसले जनगणतन्त्र ल्याउने जिकिर गरे ।

    ‘अहिलेको दलाल पुँजीवादी व्यवस्थाबाट समस्याको समाधान निस्कदैन । हामी क्रान्तिकारीहरूबीच सहकार्य गरेर जनविद्रोह गर्छौं । जनविद्रोहमार्फत विकल्पमा अस्थायी संयुक्त सरकार बनाउँछौं’, गजुरेलले भने ।

    जनविद्रोहबाट जनगणतन्त्रमा जाने वा अहिलेकै व्यवस्थालाई टिकाइ राख्ने भन्नेमा बहस सुरू भएको उनले बताए । क्रान्तिकारी र देशभक्त शक्तिसँग सहकार्य गरी आगामी दिनमा संघर्षका कार्यक्रम ल्याउने उनले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया