• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकपमा इंग्ल्याण्डले बंगलादेशलाई हरायो

    1.6K
    SHARES



    काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई १सय ३७ रनको फराकिलो अन्तरले हराएको छ ।

    धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ओपनर डेविड मालनको शतकीय मद्दतमा ३ सय ६४ रनको विशाल योगफल तयार पारेको थियो ।

    जोनी बेयरस्टोसँग मिलेर इंग्ल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए ।

    बेयरस्टो ५२ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका जोए रुटले मालनलाई साथ दिए । रुटले ८२ रन बनाए ।

    मालन १४० रनमा मेहन्दी असनको बलमा बोल्ड भए भने त्यसक्रममा १ सय ७ बल खेलेका उनले १६ चौका र ५ छक्का हाने ।

    जितका लागि ३ सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेशको सुरुवात राम्रो भएन । ओपनर तान्जिद हसन १ रनमा आउट भए पनि अर्का ओपनर लिट्टन दाशले ७६ रन बनाए । दाश पाँचौं विकेटका रुपमा आउट हुँदा बंगलादेशको स्कोर १ सय २१ रन थियो ।

    उनी आउट भएपछि मुस्फिकर रहिम र तोहिद हृदोयले बंगलादेशको पारी सम्हाल्ने प्रयास गरेका थिए । रहिम ५१ र हृदोय ३९ रनमा आउट भए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया