• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    गाजा वरपर १ हजार ५ सय हमास लडाकु मारिएको इजरायलको दाबी

    3.1K
    SHARES



    काठमाण्डौ । इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार ५ सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ ।

    इजरायल र गाजा पट्टी वरपरबाट एक हजार ५ सयभन्दा धेरै हमास लडाकुको शव फेला परेको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    इजरायली सेनाका प्रवक्ता रिचर्ड हायेतले गाजा वरपरका इजरायलीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएका छन् । गाजाका स्थानीय अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा परेर गाजामा झण्डै सात सय जनाको ज्यान गएको छ ।

    यस्तै हमासको आक्रमणमा परी इजरायलमा पनि नौ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । इजरायलले गाजामा ‘पूर्ण नाकाबन्दी’ गरेको छ र बिजुली, पानी, खाद्यान्न र इन्धन आपूर्ति बन्द गरेको छ ।

    हजारौँ नागरिक बत्ती, खाना र पानी बिना कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । गाजामा बसोबास गर्ने मानिसहरुका अनुसार यति ठूलो हिंसा यसअघि कहिल्यै भएको थिएन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया